Rumpum Advertisement

बञ्चरो प्रहार गरी साथीको हत्या, एक जना पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
बञ्चरो प्रहार गरी साथीको हत्या, एक जना पक्राउ

झापा, २९ असोज । साथीलाई बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले झापाको सुरुंगाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का टल्के भनिने रविन राजवंशी रहेका छन् ।

अभियुक्त राजवंशीले आफ्नै साथी अभिषेक चौधरीलाई बञ्चरो हानेर मारेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बिर्तामोड प्रहरीका डिएसपी मुकुन्द रिजालका अनुसार घटनाको आठ घण्टापछि राजवंशीलाई पक्राउ गरिएको हो ।

दुवै जनाबीच लागूऔषधका विषयमा विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २७ गते साँझ राजवंशीले चौधरीको हत्या गरेका हुन् ।

असोज २८ गते बिहान कनकाई नगरपालिका–३ एकान्त टोलस्थित बाँसघारीमा चौधरीको शव भेटिएको थियो । पक्राउ परेका राजवंशीले बञ्चरोले टाउकोमा हानेर मारेको स्वीकारेका छन् ।