Rumpum Advertisement

जेम्सको खराब रेकर्ड : डेब्यू खेलमै रेड कार्ड !

Neuro Ad
Koshi Dashain ad
जेम्सको खराब रेकर्ड : डेब्यू खेलमै रेड कार्ड !

विराटनगर, २९ असोज । इंग्ल्याण्डका डिफेन्डर रीस जेम्सले डेब्यू म्याचमै खराब रेकर्ड बनाएका छन् । यूईएफए नेशन्स लिगबाट इंग्ल्याण्डको टोलीमा डेब्यू गरेका २० वर्षीय जेम्स रातो कार्ड पाउँदै खराब कीर्तिमान बनाएका हुन् ।

बुधबार राति भएको समूह चरणको खेलमा इंग्ल्याण्ड डेनमार्कसँग १–० गोलले स्तब्ध भएको थियो । इंग्ल्याण्डको मैदानमा डेनमार्कका क्रिस्टियन इरिक्सनले निर्णायक गोल गरेका थिए । खेलको ३५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै उनले डेनमार्कलाई जिताए ।

त्यसअघि खेलको ३१औं मिनेटमा ह्यारी मागुइरेले रातो कार्ड खाँदै मैदानबाट बिदा लिएका थिए । उनले दुई वटा पहेँलो कार्ड खान पुगे ।

यस्तै खेलको इन्ज्युरी समयमा रिस जेम्सले रातो कार्ड पाउँदै मैदान छोडेका थिए । रेफ्री जेसस गिल मार्जानोसँग असहमति राखेको आधारमा अन्तिम सिटीपछि अम्पायरले उनलाई रातो कार्ड देखाएका थिए ।

जेम्सले राइट विङमा आफ्नो भूमिकालाई न्याय गरेका थिए । तर, पहिलो अन्तछर्राष्ट्रि खेलमा रातो कार्ड पाएसँगै जेम्स डेब्यू म्याचमै रातो कार्ड खाने पहिलो फुटबलर पनि बने ।

जितसँगै डेनमार्कले ४ खेलबाट ७ अंक जोडेको छ । डेनमार्क लिग ‘ए’को समूह २ मा दोस्रो स्थानमा छ । समान अंक भएको इंग्ल्याण्ड तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ