Rumpum Advertisement

काठमाडौं उपत्यकामा आज १९ सय ३५ संक्रमित थपिए

Neuro Revised Adv
Koshi Dashain ad
काठमाडौं उपत्यकामा आज १९ सय ३५ संक्रमित थपिए

काठमाडौं, २९ असोज । काठमाडौं उपत्यकामा बिहीबार थप १९ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १९ सय ३५ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका १६ सय ९२ जना, भक्तपुरका १३४ जना र ललितपुरका १०८ जना रहेका छन् ।

बिहीबार थप ३७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५ सय ६४ संक्रमित निको भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । कूल संक्रमितमध्ये ६९.४ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थप १९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ