Rumpum Advertisement

सुँगुरमा झाडापखाला निम्त्याउने कोरेना भाइरस मानिसमा पनि फैलिन सक्ने

Neuro Revised Adv
Koshi Dashain ad
सुँगुरमा झाडापखाला निम्त्याउने कोरेना भाइरस मानिसमा पनि फैलिन सक्ने

विराटनगर, २९ असोज । सुँगुरमा तीव्र झाडापखाला निम्त्याउने कोरेना भाइरस मानिसमा पनि फैलिन सक्ने देखिएको छ ।

उक्त भाइरसले विश्वव्यापी अर्थतन्त्र र मानव स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने अध्ययनले देखाएको हो । अमेरिकाको चापेल हिलस्थित नर्थ क्यारोलिना युनिभर्सिटी (युएनसी)का अनुसन्धानकर्ताका अनुसार सुँगुरमा देखिने उक्त कोरोना भाइरसको स्ट्रेनलाई स्वाइन एक्युट डायरिया सिन्ड्रोम कोरोना भाइरस (साड्स कोभ) को रुपमा चिनिन्छ ।

सन् २०१६ मा चीनमा पहिलो पटक फेला परेको साड्स कोभ चमेरोबाट सुँगुरमा सरेको बताइएको छ । यो रोगको प्रकोपले पोर्क उद्योगमा निर्भर रहेका विश्वका धेरै देशहरूमा आर्थिक विनाश गर्ने सम्भावना रहेको अनुसन्धानकर्ताहरूको भनाइ छ । पीएनएएस पत्रिकामा प्रकाशित अध्ययनमा वैज्ञानिकले साड्स कोभबाट मानिसमा हुने सम्भावित खतराको मूल्यांकन गर्न प्रयोगशालामा परीक्षण गरेका थिए ।

अध्ययनमा भाइरस प्रभावकारी ढंगले मानव कलेजो तथा पेटको कोषका साथै हावामा कोशिकामा पुनः उत्पादन हुन सक्ने पत्ता लागेको थियो । मानव फोक्सो र आन्द्राको कोशिकामा पनि वृद्धि हुन सक्ने हुँदा यो भाइरस जोखिमयुक्त भएको वैज्ञानिकहरू बताउँछन् । मानवमा श्वासप्रश्वासको समस्या, कोभिड १९ निम्त्याउने सार्स कोभ २ र सुँगुरमा गैस्ट्रोइन्टेस्टाइनल रोग निम्त्याउने साड्स कोभ कोरोना भाइरसका एकै परिवारका हुन् । साड्स कोभ भाइरसले गम्भीर झाडाबान्ता निम्त्याउँछ र विशेषगरी युवा सुँगुरहरूमा यो एकदम घातक हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ