Rumpum Advertisement

पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु

विराटनगर, २९ असोज । नेपालमा बिहीबार थप १९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज थप १९ जनाले कोरोनाबाट ज्यान गुमाएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

बिहीबार थप ३७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५ सय ६४ संक्रमित निको भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । कूल संक्रमितमध्ये ६९.४ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ