Rumpum Advertisement

बिहीबार थप ३५ सय ६४ जना कोरोनामुक्त

Neuro Revised Adv
Koshi Dashain ad
बिहीबार थप ३५ सय ६४ जना कोरोनामुक्त

विराटनगर, २९ असोज । नेपालमा बिहीबार थप ३५ सय ६४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३५ सय ६४ संक्रमित निको भएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । कूल संक्रमितमध्ये ६९.४ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

बिहीबार थप ३७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ ।

आज थप १९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ