Rumpum Advertisement

हात धुने दिवसका दिन हात धुने स्टेसन हस्तान्तरण

Neuro Revised Adv
Koshi Dashain ad
हात धुने दिवसका दिन हात धुने स्टेसन हस्तान्तरण

विराटनगर, २९ असोज । मानव अधिकार तथा वातावरण मञ्च (फरेन) ले निर्माण गरेको नछोई हात धुने स्टेसन हस्तान्तरण गरेको छ । विश्व हात धुने दिवसको अवसरमा बिहीबार विराटनगर–१६ स्थित रानी भन्सार नाकामा निर्माण गरेको हात धुने स्टेसन हस्तान्तरण गरेको हो ।

युनिसेफको सहयोगमा फरेनले निर्माण गरी सञ्चालनमा ल्याएको तीनजनाले एकसाथ हात धुने स्टेसन विराटनगर महानगरपालिका वडा नम्बर–१६ का वडाध्यक्ष मनोज सुब्बालाई हस्तान्तरण गरेको हो । तीन महिनासम्म फरेनले सञ्चालन गरी स्थानीय सरकारलाई हस्तान्तरण गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

स्टेसन हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले हात धुने कार्य स्वास्थ्यका लागि अति उपयोगी रहेको बताउँदै कोविड–१९को महामारीको सन्दर्भमा कोरोना संक्रमणबाट बच्ने प्रभावकारी विधि रहेको बताए ।

मानव अधिकार तथा वातावरण मञ्च (फरेन)का अध्यक्ष यज्ञप्रसाद शर्माले कोरोना प्रकोप विश्वमा बढिरहेको बेला सरकारलाई कोरोनासँग लड्न सकेको सहयोग गर्ने उद्देश्यले युनिसेफको सहयोग तथा प्रदेश सरकारसँगको समन्वयमा सुनसरी र मोरङका २१ वटा स्थानमा हात धुने स्टेसन राखिएको जानकारी दिए ।

विराटनगर–१६ का वडाध्यक्ष मनोज सुब्बाले नयाँ प्रविधिको प्रयोग गरी बनाइएको सुरक्षित हात धुने स्टेसन सीमा नाकामा प्रभावकारी देखिएको बताए ।

फरेनले सुनसरी र मोरङका तीनवटा अस्पताल, एक स्वास्थ्य चौकी, १३ वटा क्वारेन्टिन तथा आइसोलेसन र चारवटा सार्वजनिक स्थानहरूमा सुरक्षित हात धुने स्टेसनहरु जडान गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ