Rumpum Advertisement

‘परदेशी मन’मा परिवारको सुख र समृद्धिका लागि परदेसिनु बाधयता (भिडियोसहित)

Neuro Revised Adv
Koshi Dashain ad
‘परदेशी मन’मा परिवारको सुख र समृद्धिका लागि परदेसिनु बाधयता (भिडियोसहित)

विराटनगर, २९ असोज । ‘परदेशी मन’ एल्बममा रहेको गीत सार्वजनिक भएको छ ।

‘गरिबको छोरो’ बोलको गीतको भिडियोललाई कृपा टिभीको युट्युब च्यानलमार्फत् रिलिज गरिएको हो । राज थापाको शब्द रहेको गीतमा मदन थापाको स्वर रहेको छ भने गीतमा दर्पन यात्रीले संगीत भरेका हुन् ।

गीतको भिडियोलाई यात्रीले नै एरेन्ज गरेका हुन् । सार्वजनिक गरिएको गीतको भिडियोले परिवारको सुख र समृद्धिका लागि परदेसिन बाध्यता रहेको आभास गराउँछ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकारको रूपमा विजय केसी, मलिका बुढाथोकी तथा बालकलाकारमा रेविका श्रेष्ठ र रिहाना श्रेष्ठ रहेका छन् ।

कृष्ण भट्टराईको निर्माणमा बनेकाे साे भिडियोको निर्देशन नरेन धामीले गरेका छन् भने सम्पादन पनि नरेनकै रहेकाे छ । महेश महराले खिचेकाे सो गीतकाे भिडियोका लागि भरत केसीले कन्सेप्ट तयार गरेका हुन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ