Rumpum Advertisement

संक्रमण निको भएको चार महिनासम्म पनि कोरोनासँग लड्ने क्षमता रहिरहने

Neuro Revised Adv
Koshi Dashain ad
संक्रमण निको भएको चार महिनासम्म पनि कोरोनासँग लड्ने क्षमता रहिरहने

विराटनगर, २९ असोज । कोरोना भाइरसको संक्रमण भएपछि शरीरमा बन्ने ‘एन्टिबडी’ अर्थात् प्रतिरोधी क्षमताले कम्तिमा चार महिनासम्म संक्रमणसँग लड्न मद्दत गर्ने अध्ययनले देखाएको छ ।

साइन्स इम्युनोलोजी जर्नलमा प्रकाशित अध्ययनअनुसार कोरोनाबाट निको भइसकेका बिरामीलाई एन्टिबडीले बारम्बार हुने संक्रमणबाट चार महिनासम्म जोगाउन सक्ने देखिएको हो ।

अमेरिकास्थित हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकले तीन सय ४३ जना संक्रमितको चार महिनासम्म रगतको नमुना लिइएको थियो ।

अनुसन्धानमा सहभागी भएका धेरैको अवस्था गम्भीर हुनुका साथै ९३ प्रतिशत बिरामीलाई अस्पताल भर्ना गर्नु परेको थियो । अध्ययनका लागि पहिलोपटक नमुना लिँदा बिरामीमा रुघाखोकी, ज्वरो र सास लिन गाह्रो हुने समस्या थियो । अनुसन्धानका लागि लिइएको रगतको प्लाज्मालाई अलग्गै राखेर हेर्दा चार महिनासम्म इम्युनोग्लोब्युलिन–जी एन्टिबडी बनेको पाइयो ।

इम्युनोग्लोब्युलिन–जी एन्टिबडी एक प्रकारको प्रोटिन हो, जुन कुनै प्रकारको संक्रमण हुनेबित्तिकै प्रतिरोध गर्नका लागि शरीरमा विकास हुन्छ । अनुसन्धानकर्ताको टोलीका अनुसार यी एन्टिबडीले कोरोनाबाट निको भएकामा पुनः हुनसक्ने संक्रमणबाट बचाउने छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ