Rumpum Advertisement

बैंग्लोर भर्सेज पञ्जाब : प्लेयर्स टू वाच

Neuro Ad
बैंग्लोर भर्सेज पञ्जाब : प्लेयर्स टू वाच

विराटनगर, २९ असोज । जारी आईपीएलमा सबैभन्दा खराब प्रदर्शन गरिरहेको किंग्स एलेभेन पञ्जाबले अंकतालिकाको तेस्रो स्थानको टोली रोय च्यालेन्जर्स बैंग्लोरको आज शारजाह रंगशालामा सामना गर्दैछ ।

पहिलो राउण्ड रोबिन लिगका सातमध्ये दुई खेल मात्रै गुमाएको बैंग्लोरले हालसम्म एक खेल मात्रै जितेको पञ्जाबविरुद्ध मैदान उत्रँदै गर्दा खेल निकै रोमाञ्चक हुनेछ भन्ने हामी सजिलै अपेक्षा गर्न सक्छौं ।

यी दुई टोली जारी आईपीएलमा दोस्रो पटक एकअर्काविरुद्ध भिड्न लागेका हुन् । पहिलो भेटमा पञ्जाबसँग ९७ रनको लज्जास्पद हार व्यहोरेको बैंग्लोर आज बदला लिने दाउमा हुनेछ ।

बैंग्लोरलाई भारी रनले पराजित गरेपछिका कुनै खेलमा पनि सफल हुन नसकेको पञ्जाब भने आजको खेलबाट प्रतियोगितामा बाउन्स ब्याक गर्न चाहन्छ ।

प्रतियोगितामा सर्वाधिक रन बनाउने शीर्ष दुई स्थानका खेलाडी आफ्नो टोलीमा भए पनि पञ्जाबले प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन । ब्याटिङ राम्रो गर्दा बलिङमा चुक्ने पञ्जाब बलिङ राम्रो गर्दा ब्याटिङमा चुकिरहेको छ । यतिमात्रै नभई पञ्जाबको फिल्डिङमा पनि समस्या देखा परिरहेको छ ।

तर आजको खेलबाट भने पञ्जाब लयमा फर्किने हो कि भन्ने अनुमान लगाउन सकिन्छ । वेस्ट इन्डिजका विग हिटर अर्थात यूनिभर्सल वोस क्रिस गेल आजको खेलबाट पञ्जाबको टोलीमा सामेल हुने लगभग निश्चित भएकाले पञ्जाब खेलमा फर्कने हो कि भन्ने हामी विश्वास गर्न सक्छौं ।

तर आजको खेलमा गेलबाहेक अन्य खेलाडी जसले प्रत्यक्ष रूपमा खेलमा प्रभाव पार्न सक्छन्, उनीहरूलाई हामीले आजको खेलका प्लेयर्स टू वाचका रूपमा प्रस्तुत गरेका छौंः

देवदत्त पाडिक्कल, ब्याट्सम्यान, रोयल च्यालेन्जर्स बैंग्लोर

बैंग्लोरका ओपनिङ ब्याट्सम्यान मध्येका एक हुन् बायाँ हाते देवदत्त पाडिक्कल । २०१९ मा २० लाखमा बैंग्लोरमा अनुबन्धित भएको भए पनि उनको यो डेब्यू आईपीएल हो । २० वर्षीइ पाडिक्कलले बैंग्लोरका सात खेलमा आफ्नो ब्याटिङको जादू देखाइरहेका छन् ।

बैंग्लोरका लागि जारी सिजन आईपीएलमा रन बनाउने उनी दोस्रो खेलाडी हुन् । उनी कप्तान विराट कोहली भन्दा १३ रनले पछि छन् । बैंग्लोरबाट सात खेल खेलेका पाडिक्कलले तीन अर्धशतकको मद्दतमा दुई सय रन बनाएर आईपीएल खेलिरहेका छन् ।

प्रतियोगिताको डेब्यू खेलमा नै हैदराबादविरुद्ध ५६ रनको अर्धशतकीय पारी खेल्दै पाडिक्कले आफ्नो आईपीएल यात्रा सुरु गरेका थिए । तर पञ्जाबविरुद्ध एक रनमा नै पेभेलियन फर्किएका उनले तेस्रो खेलमा ५४, चौथो खेलमा ६३, पाँचौ खेलमा चार, छैटौं खेलमा ३३ र पाँचौ खेलमा ३२ रनको योगदान टोलीलाई दिइसकेका छन् ।

अन्य टोलीसँग सफल रहे पनि पञ्जाबसामु चल्न नसकेका पाडिक्कलले आजको खेलमा कस्तो प्रदर्शन गर्ने हुन् आजको खेलको नतिजाले यसको जवाफ दिनेछ ।

शिवम दुवे, अलराउण्डर, रोयल च्यालेन्जर्स बैंग्लोर

बैंग्लोरका भरपर्दा खेलाडी शिवम दुवे अलराउण्डर हुन् । दायाँ हातले मिडम पेश बलिङ गर्ने उनी बाँया हातले ब्याटिङ गर्छन् । जारी आईपीएलमा बैंग्लोरका तर्फबाट सात खेल खेलिसकेका दुवेले ७९ रन र चार विकेटको योगदान टोलीलाई दिईसकेका छन् ।

प्लेइङ एलेभेनमा नियमित परिरहे पनि उनले सबै खेलमा ब्याटिङ र बलिङ गर्ने मौका भने पाएका छैनन् ।तर पनि पाएको मौकामा टोलीलाई जिताउन दुवेले गरेको प्रदर्शन तारिफयोग्य छ ।

हैदराबादविरुद्धको पहिलो खेलमा र पञ्जाबविरुद्धको दोस्रो खेलमा समान दुई विकेट लिएका दुवेले पञ्जाबका निकालेलस पुरन र ग्लेन म्याक्सवेलको विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । तर आजको खेलमा दुवेसँगै अन्य खेलाडी पनि उत्कृष्ट लयमा देखिने हो भने बैंग्लोरले पञ्जाबसँग आफूले भोगको हारको बदला लिनेमा कुनै शंका छैन ।

रवि विश्नोयी, लेग ब्रेक, गुगली, किंग्स एलेभेन पञ्जाब

पञ्जाबका मुख्य हतियार हुन् रवि विश्नोयी । लेग ब्रेक गुगलीमा माहिर विश्नोयीले पञ्जाबबाट सात खेल खेल्दै आठ विकेट लिइसकेका छन् । भारतका उदीयमान बलर विश्नोयी यू–१९ विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीसमेत हुन् । विश्वकपमा ६ खेल खेल्दै उनले १७ विकेट लिएका थिए ।

यसै सिजन पञ्जाबबाट आईपीएलमा डेब्यू गरेका उनले बैंग्लोरविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरिसकेकाले आजको खेलमा उनी प्लेयर्स टू वाच हुन् । पहिलो भेटमा बैंग्लोरका आरोन फिन्च, वासिङ्टन सुन्दर र उमेश यादवलाई पेभिलियन फर्काउँदै बैंग्लोरको इनिङ्स ध्वस्त बनाईदिएका उनले आजको खेलमा कस्तो प्रदर्शन गर्ने हो हामी सबैको चासोको विषय बनेको छ ।

क्रिस गेल, ब्याट्सम्यान , किंग्स एलेभेन पञ्जाब

युनिभर्सल बोस क्रिस गेल आक्रामक ब्याट्सम्यान हुन् र यसमा कुनै दुई मत छैन । तर जारी आईपीएलमा पञ्जाबले सात खेल खेलिसक्दा समेत उनी एक खेलमा पनि सहभागी भएका थिएनन् । पेटमा समस्या देखिएपछि उपचाररत गेल आजको खेलबाट भने मैदानमा पञ्जाबको जर्सीमा देखिनेछन् ।

अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेललाई बेन्चमा राख्दै गेल पञ्जाबको टोलीमा उपस्थित हुँदैछन् । २०१८ मा बैंग्लोरबाट पञ्जाब आएका गेल र कप्तान राहुलको ओपनिङ ब्याटिङ कप्तान कोहलीको बैंग्लोरसामु कस्तो रहला ? यसको लागि हामीले आजको खेल हेर्नु पर्ने हुन्छ ।

आईपीएलको एकै खेलमा सर्वाधिक रन बनाउन सफल गेल आईपीएलमा सबैभन्दा बढी छक्का र शतक प्रहार गर्न खेलाडीसमेत हुन् । त्यसैले कीर्तिमानी खेलाडी गेल आजको खेलका प्लेयर्स टू वाच हुन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ