Rumpum Advertisement

नेयमारलाई रोनाल्डोको यस्तो सन्देश

Neuro Revised Adv
Koshi Dashain ad
नेयमारलाई रोनाल्डोको यस्तो सन्देश

विराटनगर, २९ असोज । ब्राजिलियन लिजेन्ड रोनाल्डो नाजारियोले आफ्ना देशका स्टार नेयमारलाई सन्देश पठाएका छन् । विश्वकप छनौटअन्तर्गत पेरुविरुद्ध ह्याट्रिक गर्दै ब्राजिलका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका नेयमारलाई अझ प्रगतिको कामना गर्दै रोनाल्डोले सन्देश पठाएका हुन् ।

सन् २०२२ मा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत बुधबार बिहान भएको खेलमा पेरुमाथि ४–२ गोलको जित निकाल्दै ब्राजिलले दोस्रो जित दर्ता गरेको थियो ।

पेरुको मैदानमा ब्राजिललाई जिताउन नेयमारले ह्याट्रिक गोल गरे भने रिचार्लिसनले एक गोल गरे । दुई गोल पेनाल्टीमा र एक गोल खेलको इन्ज्युरी समयमा गरेका नेयमार रोनाल्डोलाई उछिन्दै ब्राजिलका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बने ।

रोनाल्डोले ब्राजिलका लागि ९८ खेलबाट ६२ गोल गरेका छन् भने नेयमारले १०३ खेलमा ६४ गोल गरेका छन् । ब्राजिलका सर्वाधिक गोलकर्ता भने पेले हुन् । उनले ९२ खेलमा ब्राजिलका लागि ७७ गोल गरेका छन् ।

‘मेरो सबै सम्मान नेयमारका लागि’, सामाजिक सञ्जाल इन्स्टाग्राममा रोनाल्डोले लेखेका छन्, ‘उनले धेरै खेलेका छन्, पास मिलाएका छन्, ड्रिबल गरेका छन् । आकाशको सीमा छ तर तिमी उड नेयमार । तिमीले कति सुन्दर कथा लेखेका छौ । तिमी परिपक्व भएका छौं अझै अगाडि बढ ।’

‘तिमी कहाँबाट आएका थियौ र अहिले कहाँ पुग्यौ । असम्भव छ भनेर कसले भन्न सक्छ । तिम्रो प्रतिभा कसैले तिमीबाट उम्काउन सक्दैन । तिमीसँग धेरै कीर्तिमानहरू छन् । ब्राजिलियन खेलाडी शीर्ष स्थानमा पुग्दा गर्व महशूस हुन्छ,’ उनले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ