Rumpum Advertisement

कोरोना महामारी र अर्थतन्त्र : बेरोजगारी उच्च बिन्दुमा, सुधारका लागि दशक लाग्ने

कोरोनाले नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ?

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना महामारी र अर्थतन्त्र : बेरोजगारी उच्च बिन्दुमा, सुधारका लागि दशक लाग्नेकोरोनाले नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ?

विराटनगर, २८ असोज । सन् २०१९ को अन्त्यतिर आइपुग्दा ग्लोबल जीडीपी (विश्वको कुल ग्राहयस्त उत्पादन) कुन अवस्थामा आयो र २०२० को अन्त्यमसम्म कहाँ पुग्छ भन्ने अडकलबाजीसँगै बहस सुरु हुँदै गर्दा चीनको बुहानमा देखा परेको कोरोना भाइरस बिस्तारै फैलँदै थियो ।

कोरोनाले वुहानलाई गलाइरहँदा संसारका शक्तिशाली राष्ट्रहरुले सामान्यरुपमा लिए । जब यसले युरोप र अमेरिकाको यात्रा ग¥यो त्यसपछि सबैको चासोको विषय बन्यो । सामान्यरुपमा लिइएको भाइरसले शक्तिशाली राष्ट्रलाई असफल बनाइरहँदा विश्व अर्थतन्त्रलाई थप मजबुत बनाउने सन् २०१९ मा बुनिएका योजना र रणनीति असफल भए । जसका कारण विश्व अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ । संसारभर बेरोगारीको समस्या बढेको छ ।

कोरोना भाइरसको कारणले विश्वमा भएका ७.६ अर्ब मानिसको व्यक्तिगत र पेशागत जीवनमा गम्भीर असर ग¥यो । संसारमा भएका कयौं देशहरुले अहिलेको महामारीको अवस्थालाई भोगेको थिएनन् । जुन अनुभूति सबैका लागि उत्तिकै कठिन र चुनौतीपूर्ण थियो ।

कोरोनाले विश्व अर्थतन्त्रलाई सुदृढ गर्ने सम्पन्न तथा विकसित राष्ट्रहरुको दौडलाई कडा चुनौती थपिदियो ।

सन् २००७/२००८ सम्म भएको आर्थिक मन्दीभन्दा पनि १० गुणा प्रभाव विश्व अर्थतन्त्रमा रहेको विश्व बैंकले प्रक्षेपण गरेको छ । सन् २००७/०८ को आर्थिक मन्दीबाट उठ्नका लागि अमेरिकालाई लगभग एक दशक संघर्ष गर्नुपर्‍यो ।

कोरोना महामारीले सोचेभन्दा तीव्रगतिमा लगभग सबै देशमा देखा पर्‍यो । जसको कारणले धेरै मुलुकले उपचार तथा रोकथामको लागि आवश्यक तयारीमा जुट्न सकेनन् ।

चीनको वुहानमा महामारी नियन्त्रण गर्ने क्रममा कार्यान्वयन गरेको लकडाउन मोडालिटी लागू गर्न थाले, जसले महिनौंसम्म सयौं देशहरु बन्द भए । यसको प्रत्यक्ष प्रभाव मानिसको स्वास्थ्य, शिक्षा, रोजगार, उप्पादन, व्यापार, उद्योग तथा कलकाखाना, बजार र अनौपचारिक क्षेत्रमा पर्‍यो । आम्दानी ठप्प प्रायः रह्यो । अमेरिकाजस्तो शक्तिशाली राष्ट्रमा यसको भयावह स्थिति देखा पर्‍यो ।

अमेरिकी श्रम विभागको तथ्यांकअनुसार सेप्टेम्बर पहिलो सातासम्म बेरोजगारी दर १.८ बाट वृद्धि भई ९.८ पुगेको छ । अमेरिका जस्तो विकसित मुलुकको यो अवस्था छ भने अन्य गरिब राष्ट्रहरुको अर्थतन्त्र कस्तो हुनेछ भनी सहज अनुमान गर्न सकिन्छ ।

चीनले समयमा नै महामारी नियन्त्रण गर्न सकेकाले त्यहाँको अर्थतन्त्र अन्य देशको तुलनामा उल्लेख्य सुधारिएको अवस्था छ । जुलाई महिनासम्म ३.२ प्रतिशतले आर्थिक वृद्धि भएको तथ्यांकले देखाएको छ ।

महामारीकाबीच १३० भन्दा बढी कोरोना भाइरसविरुद्धको खोप परीक्षणको क्रममा छन् । र केही खोप अन्तिम चरणको परीक्षणमा रहेका छन् । यही कारणले गर्दा हुन सक्छ, सुरुवाती अवस्थाको भन्दा अहिले विश्व बजार र लगानीको अवस्था समान्य स्थितितर्फ फर्कदैछ । तर यसरी सामान्य स्थितिमा गए तापनि विश्व अर्थतन्त्रमा सुधार हुन दशकभन्दा बढी लाग्ने अनुमान गरिँदै आएको छ ।

दक्षिण एसिया गहिरो मन्दीमा

दक्षिण एसिया विकासको सन्दर्भमा पछि परेको क्षेत्र हो । यद्दपि भारतले विकासमा ठूलो फड्को मारेको छ । महामारीका कारण दक्षिण एसियाका कुनै पनि मुुलुक अछुतो रहन सकेकोे छैन । भारत विश्वमा बढी प्रभावित देशको सूचीको दोस्रो स्थानमा छ ।

कोरोना भाइरसको कारण विकासमा फड्को मारिरहेको देशलाई समेत हम्मेहम्मे पारेको छ । भारतको जीडीपी २ प्रतिशतभन्दा मुनि रहेको तथ्यांकले देखाउँछ ।

विश्वबैंकका अनुसार कोरोना भाइरसको महामारी र यसको नियन्त्रणका लागि अपनाइएका उपायहरुका कारण दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्र अहिलेसम्मकै गहिरो संकटमा परेको छ । यसको प्रमुख कारण कोरोना महामारी रोकथामका लागि लागू गरिएको लकडाउन हो ।

भारत र नेपालजस्तो मुलुकले महिनौंसम्म लकडाउन गरी अर्थतन्त्र चलायमान गर्न नसक्दा यहाँको अवस्था दैनिक बिग्रँदो छ । मन्दी सूक्ष्म भएका कारण यसको प्रभाव अझै कहाँसम्म जानेछ भनी अनुमान गर्न सकिने अवस्था छैन । कोरोनाको प्रत्यक्ष असरको भागिदार अनौपचारिक क्षेत्रहरु भएको छ । कोरोनाको मारमा बजार, होटल व्यवसाय र पर्यटन क्षेत्र परेका छन् ।

विश्व बैंकको प्रक्षेपणअुनसार दक्षिण एसियाका मानिसहरुले चरम गरिबीको सामना गर्नुपर्ने हुन्छ । पछिल्लो पाँच वर्षको तथ्यांकलाई हेर्दा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमा पुगेको थियो । तर २०२० को अन्त्यसम्म ७.७ प्रतिशतको आर्थिक गिरावट आउने अनुमान गरिएको छ ।

नेपाललाई कस्तो प्रभाव पार्ला ?

निवर्तमान अर्थमन्त्री डा. यवराज खतिवडाले नेपालको आर्थिक वृद्धिदर ६.६ भन्दा माथि हुने प्रक्षेपण गरेका थिए । उनले गरेको प्रक्षेपणप्रति अर्थविदहरुले प्रश्न उठाएका छन् ।

डा. खतिवडाको प्रक्षेपण जस्तै नेपालको आर्थिक वृद्धिदर हुनुको सट्टा २.५ भन्दा मुनि खुम्चिन पुगेको छ । केही दिनअघि विश्व बैंकले गरेको प्रक्षेपणअनुसार नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा झर्ने अनुमान छ ।

कोरोना महामारीको सुरुवाती क्रममा केन्द्रीय तथ्यांक विभागले उक्त अनुमान सार्वजनिक गरे पनि कोरोना महामारीको असर कायमै रहँदा नेपालको आर्थिक वृद्धिदर कस्तो रह्यो भन्ने विवरण सार्वजनिक गरेको छैन ।

नेपाल सरकारले चालु आ.व. २०७७/७८ मा आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्नसक्ने अनुमान गरेको छ । तर कलकारखानाको अवस्था, बढ्दो बेरोजगारी, आयातमा बढ्दो परनिर्भरता, व्यापार घाटा र रेमिट्यान्सको असन्तुलनका कारण वृद्धिदर खुम्चन सक्नेछ । (एजेन्सीको सहयोगमा)

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ