Rumpum Advertisement

दसैंमा बली नचढाउन प्रशासनको आग्रह

Neuro Revised Adv
Koshi Dashain ad
दसैंमा बली नचढाउन प्रशासनको आग्रह

विराटनगर, २९ असोज । जिल्ला प्रशासन कार्यालय मोरङले दसैंमा बली नचढाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बिहीबार वक्तब्य जारी गर्दै दसैंमा बली नचढाउन आग्रह गरेका हुन् ।

विश्वव्यापी महामारीकमा रूपमा फैलिएको कोरोना संक्रमण बढ्दै गइरहेका कारण नजिकिँदै गरेको दसैंलगायत चाडपर्वमा संक्रमण थप बढ्न सक्ने भएकाले भेला भएर बली दिने कार्य नगर्न र नगराउन प्रशासनले आग्रह गरेको हो ।

यसैगरी प्रशासनले चावपर्वमा भीडभाड नहुनेगरी किनमेल र भेटघाट गर्न तथा भौतिक दूरी कायम गर्न, मास्क र सेनिटाइजर जस्ता स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरेको छ ।

नियमित पूजा–पाठबाहेक मानिसहरू भेलाजम्मा हुनेगरी उत्सव नगर्न र भजनकीर्तन नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

यस्तै मापदण्डको पूर्ण पालना गरी मर्यादित तरिकाले मात्र सार्वजनिक यातायात सेवा सञ्चानल र प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ