Rumpum Advertisement

प्रदेश १ मा २४ घण्टाभित्र नौ संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश १ मा २४ घण्टाभित्र नौ संक्रमितको मृत्यु

विराटनगर, २९ असोज । कोरोना संक्रमणका कारण प्रदेश १ मा एकै दिन नौंजनाको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचाररत र होम आइसोलेसनमा २४ घण्टाभित्र नौजनाको मृत्यु भएको हो ।

प्रदेशभित्र एकै दिनमा कोरोनाका कारण मृत्यु भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पाँचजना, विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुईजना, विराट नर्सिङ होममा एक र धरानमा होम आइसोलेसनमा बसेका एकजनाको मृत्यु भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रदेशभित्र दैनिक मृत्यु हुने र नयाँ थपिएका संक्रमितको संख्या प्रत्येक दिन चार बजे सार्वजनिक गर्ने गरेको छ । मृत्यु हुनेमा सुनसरीको धरानका चार, इटहरीका एक, मोरङको विराटनगरका एक, सुन्दरहरैँचाको एक र तेह्रथुमका दुईजना छन् । पछिल्लो २४ घण्टामा नौजनाको ज्यान गएसँगै प्रदेश १ मा मृत्यु हुने कोरोना संक्रमितको संख्या हालसम्म एक सय २२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ