Rumpum Advertisement

आइसोलेशन बसाई छोट्याउँदै रोनाल्डो, चाँडै मैदान उत्रिने आशामा इटाली फर्किए

Neuro Revised Adv
Koshi Dashain ad
आइसोलेशन बसाई छोट्याउँदै रोनाल्डो, चाँडै मैदान उत्रिने आशामा इटाली फर्किए

विराटनगर, २९ असोज । युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो पोर्चुगलबाट इटाली फर्किएका छन् । कोरोना संक्रमण भएपछि उनी सेल्फ आइसोलेशनका लागि इटाली फर्किएका हुन् ।

यूईएफए नेशन्स लिगका लागि पोर्चुगलको टिममा रहेका ३५ वर्षीय रोनाल्डोलाई मंगलबार कोरोना पुष्टि भएको थियो । मंगलबार साँझ पोर्चुगलको क्याम्पमा परीक्षण गर्दा उनलाई मात्र संक्रमण पुष्टि भयो । अरु सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोना संक्रमण भएपछि होम आइसोलेशनमा रहेका रोनाल्डो आइसोलेशन बसाई छोट्याउन इटाली फर्किएका हुन् । पोर्चुगलको नियमअनुसार कोरोना पुष्टि भएका व्यक्तिले १४ दिन आइसोलेशन बस्नुपर्ने हुन्छ ।

इटालीमा भने १० दिन मात्र आइसोलेशन बस्नुपर्ने नियम छ । यसैले लामो आइसोलेशन बसाईबाट छुट्कारा पाउन उनी इटाली फर्किएका हुन् ।

दस दिन मात्र आइसोलेशनमा बस्नुपर्ने भएका कारण उनले सिरी ‘ए’अन्तर्गत भेरोनासँगको खेल खेल्नसक्ने सम्भावना छ । २५ अक्टोबरमा हुने भेरोनासँगको खेल नखेले पनि उनले च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनासँग भने खेल्ने अपेक्षा गरिएको छ । युभेन्टसले २८ अक्टोबरमा बार्सिलोनालाई आफ्नो मैदानमा आतिथ्यता दिँदैछ ।

रोनाल्डोमा कोरोनाको कुनैपनि लक्षण देखिएको छैन । र, उनी पोर्चुगलबाट एयर एम्बुलेन्समा इटाली आइपुगेका हुन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ