Rumpum Advertisement

आईपीएल : बदला लिने दाउमा बैंग्लोर, पञ्जाबको लक्ष्य दोस्रो जित

Neuro Revised Adv
Koshi Dashain ad
आईपीएल : बदला लिने दाउमा बैंग्लोर, पञ्जाबको लक्ष्य दोस्रो जित

विराटनगर, २९ असोज । यूएईमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा अंकतालिकाको पुछारमा रहेको किंग्स एलेभेन पञ्जाबले तेस्रो स्थानको टोली रोयल च्यालेन्जर्स बैंग्लोरसँग आज बेलुकी ७ः४५ बजे प्रतिस्पर्धा गर्दैछ ।

शारजाह रंगशालामा हुने उक्त खेलमा पञ्जाब ‘गर या मर’ को स्थितिमा हुनेछ भने बैंग्लोर दुई अंक जोड्दै अंकतालिकामा स्थान सुधार गर्ने दाउमा हुनेछ ।

जारी सिजन दोस्रो पटक एकअर्काविरुद्ध मैदान उत्रन लागेका यी दुईको पहिलो भेटमा भने पञ्जाबले बैंग्लोरलाई ९७ रनको भारी अन्तरले हराएको थियो । आफ्नो दोस्रो खेलमा बैंग्लोरलाई हराएको पञ्जाबले त्यसयता भने आफूले खेलेका पाँचै खेलमा हार भोगेको छ ।

उता, पञ्जाबसँग दोस्रो खेलमा हार भोगको बैंग्लोरले भने त्यसपछिका पाँचमध्ये एक खेलमा मात्रै हार भोगेको छ ।

पहिलो खेलमा हैदराबादविरुद्ध जित दर्ता गर्दै आईपीएल यात्रा सुरु गरेको बैंग्लोर दोस्रो खेलमा पञ्जाब र पाँचौ खेलमा दिल्लीसँग पराजित भएको थियो । तेस्रो खेलमा मुम्बईलाई सुपर ओभरमा रोमाञ्चक जित दर्ता गरेको बैंग्लोरले चौथो खेलमा राजस्थान, छैटौं खेलमा चेन्नई र आफ्नो सातौं खेलमा कोलकताविरुद्धको खेलमा जित आत्मसाथ गरेको छ ।

जारी सिजनको पहिलो भेटमा पञ्जाबसँग लज्जास्पद व्याहोरेको बैंग्लोर आज त्यसको बदला लिने दाउमा मैदान उत्रँदा पञ्जाब भने बैंग्लोरलाई नै हराउँदै प्रतियोगितामा आफ्नो फर्म फर्काउन चाहन्छ । तर यी दुईमध्ये आजको खेलमा को सफल हुने हो ? त्यसका लागि हामीले आजको खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।

बैंग्लोरको आजको प्रतिद्वन्द्वी पञ्जाबले आईपीएल यात्रा दिल्लीसँग सुपर ओभरमा पराजित हुँदै सुरु गरेको थियो । तर लगत्तैको दोस्रो खेलमा बैंग्लोरलाई विशाल अन्तरले हराउँदै प्रतियोगितामा फर्किएको संकेत पञ्जाबले गरेकै पनि हो । तर हालसम्म आईपीएलका सात खेल खेलिसक्दा पञ्जाब बैंग्लोरबाहेक अन्य टोलीसँग सफल हुन सकिरहेको छैन । तेस्रो खेलमा राजस्थानसँग पराजित भएको पञ्जाब चौथो खेलमा मुम्बई, पाँचौ खेलमा चेन्नई, छैटौं खेलमा हैदराबाद र सातौ खेलमा कोलकतासँग स्तब्ध बनेको थियो ।

हेड–टु–हेड

बैंग्लोर र पञ्जाब आईपीएलमा आज २६औं पटक भिड्न लागेका हुन् । यसअघिका २५ भेटमा पञ्जाबले १३ खेल आफ्नो पक्षमा पारेको छ भने बैंग्लोर १२ पटक मात्रै सफल भएको छ । यी दुईबीचका पछिल्ला तीन सिजनको खेलको नतिजा हेर्ने हो भने पञ्जाबविरुद्ध बैंग्लोर सफल छ । २०१७ को आईपीएलमा दुवै खेल गुमाएको बैंग्लोर २०१८ र १९ आईपीएलका चारै खेल आफ्नो पक्षमा पारेको थियो ।

पञ्जाबविरुद्ध गर्विलो ईतिहास भए पनि जारी प्रतियोगितामा पञ्जाबविरुद्ध पराजित भइसकेको बैंग्लोर के आजको खेलमा हारको बदला लिन सक्ला ? बैंग्लोरलाई हार चखाएपछि लय गुमाएको पञ्जाबले आज फेरि बैंग्लोरलाई नै हराउँदै प्रतियोगितामा पुनरागमन गर्न सक्षम होला ? यी सबै प्रश्नका जवाफ आजको खेलको नतिजाले पक्कै दिनेछ ।

शारजाह क्रिकेट रंगशालामा यी दुईको प्रदर्शन

शारजाह क्रिकेट रंगशालामा बैंग्लोर र पञ्जाब दुवैले समान तीन खेल खेलिसकेका छन् । २०१४ आईपीएलमा समान दुई खेल खेलेको यी दुईले जारी सिजन आ–आफ्नो एक–एक खेल यसै रंगशालामा खेलिसकेका छन् ।

यी दुवै टोलीको यस रंगशालामा नतिजा पनि समान छ । तीनमध्ये दुवैले एक खेलमा हार र दुईमा जित निकालेका छन् । जारी सिजन आफ्नो तेस्रो खेल राजस्थानविरुद्ध यसै रंगशालामा खेलेको पञ्जाबले हार भोगको छ ।

तर २०१४ आईपीएलमा हैदराबाद र राजस्थानविरुद्ध यसै रंगशालामा खेल्दा पञ्जाब दुवै खेलमा जित निकाल्न सफल भएको थियो ।

बैंग्लोरले भने जारी सिजनको आफ्नो सातौं खेल यस रंगशालामा खेलेको थियो । कोलकताविरुद्ध ८२ रनको विशाल जित निकालेको बैंग्लोर आजको खेलमा पनि पञ्जाबविरुद्ध शारजाहमा यस्तै जित निकाल्दै बदला लिन चाहन्छ ।

२०१४ मा दिल्ली र कोलकताविरुद्ध यसै रंगशालामा दुई खेल खेलेको बैंग्लोर दिल्लीसँगको खेलमा मात्रै सफल भएको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ