Rumpum Advertisement

बाँकेमा २७ संक्रमितको मृत्यु

Neuro Ad
बाँकेमा २७ संक्रमितको मृत्यु

बाँके, २९ असोज । बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

जानकी गाउँपालिका वडा नम्बर ६ प्रजातिपुरका ६५ वर्षीय पुरुषको बुधबार राति १० बजे भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज १० गते भेरी अस्पताल भर्ना भएका उनमा असोज २७ गते कोरोना पुष्टि भएको थियो । उनको दुबै फोक्सोमा निमोनिया भएको थियोे ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ