Rumpum Advertisement

गण्डकीमा थपिए ९७ संक्रमित

Neuro Ad
गण्डकीमा थपिए ९७ संक्रमित

पोखरा, २९ असोेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बिहीबार बिहानै पोखरामा ३०, बाग्लुङमा ५१ जनासहित गण्डकी प्रदेशमा एकै पटक ९७ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

गण्डकीमा एकैपटक यति ठूलो संख्या कोरोना संक्रमित भेटिएको पहिलो पटक हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान दिएको जानकारीअनुसार पोखरास्थित चरक मेमोरियल अस्पतालमा ६ जना र गण्डकी मेडिकल कलेजमा एकजना संक्रमित भेटिएका हुन् । यसैगरी पोखराका १२ वटा वडामा अन्य संक्रमित भेटिएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

यस्तै, गोरखामा ७, नवलपरासीमा ६ जना, लमजुङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । बाग्लुङ भेटिएका ५१ जना संक्रमितमध्ये ४१ जना पुरुष छन् ।

योसँगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ५ हजार २ सय ८४ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ