Rumpum Advertisement

लागूऔषध सेवनका क्रममा विवाद हुँदा साथीको हत्या, आठ घण्टापछि आरोपी पक्राउ

Neuro Ad
लागूऔषध सेवनका क्रममा विवाद हुँदा साथीको हत्या, आठ घण्टापछि आरोपी पक्राउ

झापा, २९ असोज । लागूऔषध सेवनका क्रममा विवाद हुँदा आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले झापामा एकजनालाई पक्राउ गरेको छ । कनकाई नगरपालिका–३ का २२ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका–७ का २२ वर्षीय टल्के भन्ने रविन राजवंशीलाई पक्राउ गरेको हो ।

बुधबार झापा कनकाई नगरपालिका–३ स्थित सुरुङा खोलाको डिलमा रहेको बाँसघारीमा अभिषेक मृत फेला परेका थिए ।

घटनाको जानकारी पाउनासाथ घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान सुरु गरेको थियो ।

घटनाको अनुसन्धान गर्न संघीय प्रहरी इकाई कार्यालय धरानबाट कुकुरसहितको टोली खटेको थियो ।

अनुसन्धानमा खटिएको प्रहरी टोलीले चौधरीको हत्यामा संलग्न भएको आरोपमा राजवंशीलाई बुधबार बेलुका पक्राउ गरेको हो ।

घटना भएको ८ घण्टाभित्रै पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीले बताएको छ ।

प्रहरीका अनुसार मृतक चौधरी र राजवंशी दुवैजना लुकिछिपी लागूऔषध सेवन गर्ने क्रममा विवाद भएको थियो । विवादपछि मंगलबार राती चौधरी खोलाको डिलमा निस्किएको मौका छोपेर राजवंशीले पछाडिबाट बन्चरोले शरीरका विभिन्न भागमा प्रहार गरेर हत्या गरी शवलाई बाँसघारीमा राखेर भागेका थिए ।

पक्राउ परेका राजवंशीले आफूले चौधरीको हत्या गरेको स्वीकार गरेका छन् ।

प्रहरीले घटनामा प्रयोग गरेको बन्चरो र राजवंशीको कपडासमेत बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ