Rumpum Advertisement

संक्रमित व्यक्तिमा कान सुन्ने क्षमता हराउन सक्ने

Neuro Revised Adv
Koshi Dashain ad
संक्रमित व्यक्तिमा कान सुन्ने क्षमता हराउन सक्ने

विराटनगर, २९ असोज । कोरोना भाइरसको संक्रमण भएको मानिसमा अचानक र स्थायीरुपमा कान सुन्ने क्षमता हराउन सक्ने देखिएको छ ।

युनिभर्सिटी कलेज लन्डनले गरेको अध्ययनअनुसार कोरोना भाइरसबाट संक्रमित भएको केही व्यक्तिमा अचानक र स्थायी कान सुन्ने क्षमता हराउन सक्ने देखिएको हो । अध्ययनमा दमबाट पीडित एक ४५ वर्षीय मानिस संक्रमितको परीक्षण गरिएको छ । उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो र पछि ३० दिनसम्म भ्यान्टिलेटरमा राखिएको थियो ।

बिरामीलाई रिमेडेसिभिर, स्टेरोइड र रगत दिएर उपचार गरिएपछि बिरामी निको हुन थाल्यो । तर, आईसीयूबाट सारिएको एक हप्तापछि बिरामीको देब्रे कान बजेको जस्तो (टिनिटस) विकास गरे र अचानक कान सुन्ने क्षमता हरायो । संक्रमित हुनुअघि ती बिरामीलाई कानसम्बन्धी कुनै समस्या थिएन ।

थप परीक्षण र बिरामीको मूल्यांकनपछि, डाक्टरको टोलीले उनको कान सुन्नेको वा कुनै अवरोध भेटाएनन् साथै, फ्लु, एचआईभी वा सुन्ने क्षमता गुमाउने रोगसँग सम्बन्धित कुनै पनि प्रकारको रोगको लक्षण पनि भेटिएन । परीक्षणमा बिरामीको सुन्नका लागि प्रयोग हुने भित्री कान बिग्रिएको पाइयो । अन्ततः बिरामीको श्रवण क्षमता गुम्नु कोभिडसँग जोडिएको निष्कर्ष निस्कियो ।

सुन्ने शक्ति र कान बजेको आवाज (टिनिटस) लाई इन्फ्लूएन्जा र फ्लूसँग पनि जोडिने गरिन्छ । यो बेलायतमा कोरोना भाइरसबाट सुन्ने शक्ति गुमाएको पहिलो घटना रिपोर्ट गरिएको हो । तर, विश्वमा धेरै संख्यामा कोभिड संक्रमितले सुन्ने शक्तिमा परिवर्तन भएको र सुन्ने शक्ति हराएको रिपोर्ट गरिरहेका छन् । अध्ययनका लेखकले कोभिडको बिरामीमा कान वा सुन्ने शक्ति कम भए तुरुन्त उपचार गर्नुपर्ने सुझाएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ