Rumpum Advertisement

‘लक्ष्मीपूजा’को ‘फुरफुर पुतली’मा सलोन र रियाशा, फिल्म ७ कात्तिकमा रिलिज हुँदै (भिडियोसहित)

Neuro Revised Adv
Koshi Dashain ad
‘लक्ष्मीपूजा’को ‘फुरफुर पुतली’मा सलोन र रियाशा, फिल्म ७ कात्तिकमा रिलिज हुँदै (भिडियोसहित)

विराटनगर, २९ असोज । फिल्म ‘लक्ष्मीपूजा’को ‘फुरफुर पुतली’ बोलको गीत सार्वजनिक भएको छ ।

फिल्ममा विशेष भूमिकामा देखिने अभिनेता सलोन बस्नेत र मोडल रियाशा दाहालको नृत्य रहेको गीतलाई बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । दयाराम पाण्डेको शब्द रहेको गीतमा माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको छ । गीतमा विपिन आचार्यको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा जाहान्वी बस्नेत, जयकिशन बस्नेत, नीर शाहलगायतलाई देख्न सकिन्छ । फिल्म ‘लक्ष्मीपूजा’मा जाहान्वीले मुख्य र दोहोरो भूमिका निर्वाह गरेकी छिन् । समीर मियाले निर्देशन गरिरहेका पारिवारिक प्रेमकथा रहने फिल्ममा दसैँ र तिहारको परिवेश प्रस्तुत गरिने छ ।

केदार भुषालको कथामा तयार भएको फिल्मलाई जय मगरले छायांकन गरेका छन् भने गौतमराज खड्काको सम्पादन रहेको छ । ७ कात्तिक फूलपातिका दिन फिल्मको रिलिज मिति तोकिएको छ । हलमा पनि रिलिज गर्ने भनिएको फिल्म सरकारले फिल्म क्षेत्र नखोलेपछि टेलिभिजनमा रिलिज हुँदैछ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ