Rumpum Advertisement

ट्रम्पका कान्छा छोरालाई पनि भएको थियो संक्रमण

Neuro Revised Adv
Koshi Dashain ad
ट्रम्पका कान्छा छोरालाई पनि भएको थियो संक्रमण

विराटनगर, २९ असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

ट्रम्पकी पत्नी मेलानियाले उनीहरूका १४ वर्षीय छोरा ब्यारनमा पनि कोरोना भाइरस पुष्टी भएको जानकारी गराएकी हुन् । एउटा व्यक्तिगत अनुभव सार्वजनिक गर्दै मेलानियाले ब्यारनमा पनि कोभिड–१९ देखिएपछि उनीहरूको मनमा रहेको डर सत्यमा परिणत भएको बताएकी हुन् । ब्यारन किशोर भएको र उनमा कुनै लक्षण नदेखिएको मेलानियाले बताइन् ।

हाल ब्यारन निको भइसकेका छन् । दुई साताअगाडि राष्ट्रपति ट्रम्प र मेलानिया दुवै कोरोना भाइरसबाट संक्रमित भएपछि निको भइसकेका छन् । मेलानियाले आफूमा कोभिड–१९ का कारण जीउ दुखेको, खोकी लागेको र थकान अनुभव भएको बताएकी छन् । उनले अरूलाई सकेसम्म स्वस्थ जीवनशैली अपनाउन, सन्तुलित आहार र ताजा हावा लिन सुझाव दिएकी छन् ।

ह्वाइट हाउसका थुप्रै कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ