Rumpum Advertisement

विराटनगर र धरानमा एकै दिन आठजना संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगर र धरानमा एकै दिन आठजना संक्रमितको मृत्यु

विराटनगर, २९ असोज । कोरोना संक्रमणका कारण विराटनगर र धरानमा एकै दिन आठजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा आठजनाको मृत्यु भएको हो ।

विराटनगरको विराट नर्सिङ होममा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँचजनाको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको हो । मुटुसम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालमा भर्ना गरिएको थियो । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुईजना संक्रमित पुरुषको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

विराटनगरका पुरुषलाई पीसीआर परीक्षण गराउँदा असोज २१ गते रिपोर्ट पोजेटिभ आएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । विराटनगरका पुरुषको बिहीबार बिहान ३ः३० बजेतिर मृत्यु भएको हो ।

सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको थियो । उनको बुधबार राति ९ बजेतिर मृत्यु भएको हो । मृतकमा मधुमेह, उच्च रक्तचापलगायत समस्या थियो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकाका एक महिला एक पुरुष, इटहरी उपमहानगरपालिकाका एक महिला र तेह्रथुमका दुई पुरुषको मृत्यु भएको हो ।

तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो । मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका पुरुषमा १० असोजमा संक्रमण पुष्टि भएको थियो । बिरामीलाई ११ असोजमा प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

तेह्रथुमकै दाङ्पा–१ का ४९ वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको छ । २६ गते कोरोना पोजेटिभ देखिएका पुरुषमा निमोनियाको समस्या थियो । २५ असोजमा इमरजेन्सीमा भर्ना भएका उनको बुधबार बेलुका सात बजे इमरजेन्सीमा नै मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका–२० की ७५ वर्षीया वृद्धाको बिहीबार बिहान १२ः५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उच्च रक्तचाप भएकी वृद्धामा २८ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

धरान उपमहानगरपालिका–९ का दुईजना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको प्रयोगशालामा २५ असोजमा संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको बुधबार राती ११ः५५ मा मृत्यु भएको हो । उनी २८ असोजमा अस्पताल भर्ना भएका थिए ।

धरान–९ कै ४४ वर्षीया महिलाको समेत बुधबार अपरान्ह साढे ३ बजे मृत्यु भएको हो । धरान–९ का महिला र पुरुषमा दीर्घरोगको समस्या थिएन । आठजनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या १२१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ