Rumpum Advertisement

थाइराइडबाट पीडित व्यक्तिले तौल घटाउने तरिका

Neuro Revised Adv
Koshi Dashain ad
थाइराइडबाट पीडित व्यक्तिले तौल घटाउने तरिका

विराटनगर, २९ असोज । हाइपोथायरायडिज्म (थाइराइड)बाट पीडित व्यक्तिमा तौल वृद्धि पनि प्रमुख चुनौतीमध्ये एक हो ।

थाइराइड हुँदा थकान, जोर्नीको दुखाइ र कब्ज जस्ता अन्य लक्षणबाहेक शरीरको तौल पनि बढ्ने हुन्छ । दैनिक व्यायाम तथा खानेकुराहरू त्यागे पनि थाइराइड हर्मोन कम हुने कारण अरूको तुलनामा तौल घटाउन गाह्रोसमेत हुन सक्छ ।

थाइराइड ग्रन्थीले मेटाबोलिजमलाई सक्रिय गरी वजन घटाउन महत्वपूर्ण भूमिका खेल्छ ।

तर, राम्रोसँग काम नगरेको खण्डमा थाइराइड ग्रन्थी तौल घटाउने प्रक्रियामा बाधा पु¥याउन सक्छ । तर, आहारमा केही महत्वपूर्ण परिवर्तन गरी यस प्रकारको समस्याबाट छुटकारा पाउन सकिन्छ । हाइपोथायरायडिज्मबाट पीडित मानिसले तौल कम गर्ने पहिलो चरणमा साधारण काब्र्स्को सेवनलाई कम गर्नु पर्छ ।

चिनी, तेल र मैदा जस्तै परिष्कृत खाद्य पदार्थ पनि थाइराइड पीडित व्यक्तिको लागि राम्रो हुँदैन । यी खानामा कम पोषक तत्व र धेरै क्यालोरी हुन्छन् । जुन शरीरको तौल घटाउनका लागि राम्रो मानिँदैन । यी खाद्यवस्तुको स्वस्थ विकल्प खोज्नुपर्छ । आहारमा गुँड़, मह, सम्पूर्ण अन्न र घ्यु थप्न सकिन्छ ।

थाइराइडले पाचन कार्यलाई पनि सुस्त बनाउँछ । यस्तो अवस्थामा भारी खाना खाएमा कब्ज, पेट फुल्ने तथा पोल्ने समस्या हुन सक्छ । आन्तरिक प्रणाली सही ढंगले कार्य नगर्दा तौल कम गर्न गाह्रो हुन सक्छ । यस अवस्थालाई व्यवस्थित गर्न थोरैथोरै गरी र पटक–पटक खाने बानी बसाल्नुपर्छ ।

एन्टी इन्फ्लेमेन्टरी खानाले जोर्नी दुख्ने, मांसपेशीको दुखाइ र डिप्रेसनबाट राहत दिन सक्छ । साथै, एन्टी इन्फ्लेमेन्टरी खानाले शरीरको प्रतिरोधक क्षमता बढाएर तौल घटाउने प्रक्रियालाई छिटो पार्न सक्छ । तौल घटाउन क्यालोरी बर्न गर्न जरुरी हुनछ । यो कुनै प्रकारको शारीरिक गतिविधिमा संलग्न भएपछि मात्र सम्भव हुन्छ । व्यायाम नगरी तौल घटाउन सम्भव हुँदैन । नियमित व्यायाम वा योग गर्नु पनि अति आवश्यक हुन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ