Rumpum Advertisement

विराटनगरमा तीन संक्रमितको मृत्यु, नर्सिङ होमको लापरबाहीले गयो महिलाको ज्यान

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा तीन संक्रमितको मृत्यु, नर्सिङ होमको लापरबाहीले गयो महिलाको ज्यान

विराटनगर, २९ असोज । विराटनगरका दुईवटा अस्पतालमा उपचार गराइरहेका कोरोना भाइरस संक्रमित तीन जनाको मृत्यु भएको छ ।

विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको ज्यान गएको हो । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया एक महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको छ ।

मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना गरिएको थियो । श्वासप्रश्वासको पनि समस्या देखिएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आए पनि उनलाई थप उपचारका लागि कोभिड अस्पताल नलगिकन नर्सिङ होमले दुई दिनसम्म आफै राखेको थियो ।

कोभिड अस्पतालको अइसोलेसनमा नलगिकन नर्सिङ होम आफैले राखेका कारण महिलाको ज्यान गएको गुनासो आफन्तले गरेका छन् ।

‘कम्तीमा कोडिभ अस्पताल लगेर थप उपचार गराउन पाएकोभए मृत्यु हुँदा पनि हामीलाई मन बुझाउने ठाउँ हुन्थ्यो,’ एक आफन्तले भने, ‘पैसा असुल्नका लागि नर्सिङ होम आफैले राख्दा हाम्रो मान्छेलाई जीवितै घर फर्काउन सकेनौं र अस्पतालकै लापरबाहीका कारण हामीले परिवारको सदस्य गुमाउनु पर्ने अवस्था आयो ।’

मृत्युकाे विषयमा अस्पताल प्रशासनले जानकारी गराएकाे छैन । पटकपटक सम्पर्क गर्दा अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले फाेन उठाएनन् ।

यता विराटनगरकै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको बिहीबार बिहान र बुधबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुष रहेका छन् ।

विराटनगरका पुरुषलाई पीसीआर परीक्षण गराउँदा असोज २१ गते रिपोर्ट पोजेटिभ आएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । त्यही दिन राति अस्पताल भर्ना गरिएका उनको बिहीबार बिहान ३ः३० बजेतिर मृत्यु भएको जानकारी उनले दिए ।

स्वास्थ्य अवस्था गम्भीर बनेर गएपछि पुरुषलाई भेन्टिलेरमा राखिएको थियो । मृतकमा मधुमेहको पुरानै समस्या रहेको बस्नेतले बताए ।

त्यस्तै गत सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको उनले बताए । उनको उपचारकै क्रममा बुधबार राति ९ बजेतिर मृत्यु भएको जानकारी बस्नेतले दिए ।

मृतकमा मधुमेह, उच्च रक्तचाप लगायतका स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ