Rumpum Advertisement

सेनाका हेलिकप्टर ठोक्किँदा नौ जनाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
सेनाका हेलिकप्टर ठोक्किँदा नौ जनाको मृत्यु

विराटनगर, २९ असोज । अफगानिस्तानमा सेनाका दुई हेलिकप्टर ठोक्किएर भएको दुर्घटनामा परेर कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

घाइते सैनिकको उद्धारमा खटिएका दुई हेलिकप्टर दक्षिण प्रान्ट हेल्मन्डमा ठोक्किएका हुन् । मृत्यु हुनेमा केही वायु सेनाका उच्चतहका तालिम प्राप्त अधिकारी रहेका छन् । प्राविधिक कारणले हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ ।

बुधबार बिहान नवा जिल्लामा सो घटना भएको हो । सो क्षेत्रमा पछिल्ला दिनहरुमा तालिबान र अमेरिकी वायु सेनाको साथ पाएका अफगान सैनिकबीच भीडन्त हुँदै आएको छ । सोही भीडन्तमा घाइते भएकाहरुको उद्धारमा खटिएका दुई हेलिकप्ट ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ