Rumpum Advertisement

डेनमार्कसँग इंग्ल्याण्ड स्तब्ध, इंग्ल्याण्डका दुई खेलाडीलाई रातो कार्ड

Neuro Revised Adv
Koshi Dashain ad
डेनमार्कसँग इंग्ल्याण्ड स्तब्ध, इंग्ल्याण्डका दुई खेलाडीलाई रातो कार्ड

विराटनगर, २९ असोज । यूईएफए नेशन्स लिगमा इंग्ल्याण्ड डेनमार्कसँग स्तब्ध भएको छ । बुधबार राति भएको समूह चरणको खेलमा इंग्ल्याण्ड डेनमार्कसँग १–० गोलले स्तब्ध भएको हो ।

इंग्ल्याण्डको मैदानमा डेनमार्कका क्रिस्टियन इरिक्सनले निर्णायक गोल गरे । खेलको ३५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै उनले डेनमार्कलाई जिताए ।

त्यसअघि खेलको ३१औं मिनेटमा ह्यारी मागुइरेले रातो कार्ड खाँदै मैदानबाट बिदा लिएका थिए । यस्तै खेलको इन्ज्युरी समयमा रिस जेम्सले रातो कार्ड पाउँदै मैदान छोडेका थिए ।

जितसँगै डेनमार्कले ४ खेलबाट ७ अंक जोडेको छ । डेनमार्क लिग ‘ए’को समूह २ मा दोस्रो स्थानमा छ । समान अंक भएको इंग्ल्याण्ड तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ