Rumpum Advertisement

स्थगित खेलमा नापोलीमाथि युभेन्टसको ३–० को जित

Neuro Revised Adv
Koshi Dashain ad
स्थगित खेलमा नापोलीमाथि युभेन्टसको ३–० को जित

विराटनगर, २९ असोज । इटालियन सिरी ‘ए’ले नापोलीविरुद्धको स्थगित खेलमा डिफेन्डिङ च्याम्पियन युभेन्टसलाई ३–० गोलको जित प्रदान गरेको छ ।

बुधबार सिरी ‘ए’ले युभेन्टस र नापोलीबीचको स्थगित खेलमा युभेन्टसलाई ३–० गोलको जित प्रदान गरेको हो ।

सिरी ‘ए’ अन्तर्गत ४ अक्टोबरमा युभेन्टस र नापोलीले टुरिनमा खेल्ने तय भएको थियो । तर, आफ्ना दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि नापोलीले युभेन्टसविरुद्ध खेल्न अस्वीकार गरेको थियो ।

युभेन्टस भने सो खेलका लागि एक घण्टाअघि नै मैदान उत्रिएको थियो । उसले नापोलीविरुद्धको सुरुवाती ११ पनि सार्वजनिक गरेको थियो ।

तर, अन्तिम समयमा नापोलीले आफ्ना खेलाडीमा कोरोना पोजिटिभ देखिएको र उनीहरू आइसोलेशनमा रहेका कारण खेल्न अस्वीकार गरेको थियो । विज्ञप्ति जारी गर्दै युभेन्टससँगको खेल खेल्न नसक्ने जनाएको थियो ।

नापोलीका दुई खेलाडीमा कोरोना संक्रमण देखिएपछि स्थानीय अधिकारीले नापोलीलाई टुरिन भ्रमणको अनुमति दिएको थिएन ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ