Rumpum Advertisement

बियर कि लोकल रक्सी ?

Neuro Revised Adv
Koshi Dashain ad
बियर कि लोकल रक्सी ?

विराटनगर, २९ असोज । गोर्खा ब्रुअरीले मापदण्ड नपुर्याई विभिन्न ब्रान्डका बियर उत्पादन गरी जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको पाइएको छ ।

खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर मापदण्डविपरीत उत्पादन गरिएको आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ । ती बियर मापदण्डविपरीत र स्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएपछि विभागले बियरका रूपमा बजारमा बिक्री वितरण गर्नसमेत रोक लगाएको छ ।

विभागले वर्गीकरणमार्फत ती बियरलाई लोकल रक्सीका रूपमा रूपान्तरण गरिदिएको छ । कोरोना महामारीको मौका छोपी गोर्खा ब्रुअरीले सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्न थालेकाले कडा कारबाही गर्नुपर्ने माग आम उपभोक्ताको छ । उपभोक्ताले गुणस्तरहीन बियर उत्पादनमा रोक लगाउन समेत सरकारसँग माग गरेका छन् ।

बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्ने प्रावधान छ तर गोर्खा ब्रुअरीले बियरमा जौको सट्टा कमसल खालको कनिका प्रयोग गरी उपभोक्तालाई ठगिरहेको विभागका अधिकारीले बताएका छन् । गोर्खा ब्रुअरीले उत्पादन गरेका काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर गुणस्तरहीन भएकाले त्यस्ता बियरको प्रयोगमा सचेतता अपनाउनसमेत विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।

‘गोर्खा ब्रुअरीले गुणस्तरहीन बियर उत्पादन गरेर सर्वसाधारणलाई छक्याउने काम गरेको छ । यो उसको ठूलो बदमासी हो । हामी गम्भीर रूपमा छानबिन गरिरहेका छौं,’ आन्तरिक राजस्व विभागका एक अधिकारीले भने ।

विभागका ती अधिकारीका अनुसार गोर्खा ब्रुअरीले आफूमाथि लागेको आरोप स्वीकार गरिसकेको छ । बियरमा कनिका र जौको मिसावट गर्ने क्रममा कामदारको लापरवाही भएको जिकिर कम्पनीले गरे पनि कम्पनीको स्वीकृत र आदेशबेगर यस्तो हुन नसक्ने ठहर गरिएको छ । उसले अहिले कानुनी रूपमा बच्न विभिन्न बहानाबाजी गरिरहेको छ तर उम्कन सक्ने अवस्था भने नरहेको विभागका अधिकारीको भनाइ छ । आजको राजधानी दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ