Rumpum Advertisement

आत्मघाती गोलमा नर्वेको जित

Neuro Revised Adv
Koshi Dashain ad
आत्मघाती गोलमा नर्वेको जित

विराटनगर, २९ असोज । यूईएफए नेशन्स लिगमा नर्वेले नर्थन आयरल्याण्डमाथि साँघुरो जित निकालेको छ ।

बुधबार राति भएको समूह चरणको खेलमा नर्वेले नर्थन आयरल्याण्डमाथि १–० गोलको साँघुरो जित निकालेको हो ।

नर्वेको मैदानमा भएको खेलमा नर्थन आयरल्याण्डका स्टुआर्ट डल्लसले आत्मघाती गोल गरेका थिए । खेलको ६७औं मिनेटमा डल्लसले आत्मघाती गोल गरेपछि नर्वेले जित निकालेको हो ।

जितसँगै लिग ‘बी’ को समूह १ मा रहेको नर्वेले ४ खेलबाट ९ अंक जोडेको छ । ऊ सो समूहको दोस्रो स्थानमा छ । नर्थन आयरल्याण्ड भने १ अंकसहित चौथो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ