Rumpum Advertisement

राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

Neuro Ad
राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

विराटनगर, २९ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले छैटौं जित निकालेको छ । बुधबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्समाथि १३ रनको जित निकालेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिल्लीले दिएको १६२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभर खेल्दा ८ विकेटको क्षतिमा १४८ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि बेन स्टोक्सले ४१ रन बनाउँदा रविन उथप्पाले ३२ रन जोडे । सञ्जु सामसनले २५ बनाउँदा जोस बट्लरले २२ तथा राहुल टेवाटियाले अजिवित १४ रन बनाए ।

दिल्लीका लागि एनरिच नोर्त्जे र टुसार देशपाण्डेले समान २–२ विकेट लिँदा कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले एक–एक विकेट झारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो ।

दिल्लीका शिखर धवनले ५७ रनको र कप्तान श्रेयस अय्यरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कुस स्टोइनिसले १८ रन बनाउँदा एलेक्स केरीले १४ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिँदा जयदेव उनाकडले २ विकेट तथा श्रेयस गोपाल र कार्तिक त्यागीले १–१ विकेट लिए ।

जितसँगै ८ खेलबाट १२ अंक जोड्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । छ अंक भएको राजस्थान सातौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ