Rumpum Advertisement

ग्रिजम्यान र एम्बाप्पेको गोलमा क्रोएशियामाथि फ्रान्सको जित

Neuro Revised Adv
Koshi Dashain ad
ग्रिजम्यान र एम्बाप्पेको गोलमा क्रोएशियामाथि फ्रान्सको जित

विराटनगर, २९ असोज । यूईएफए नेशन्स लिगमा फ्रान्सले तेस्रो जित निकालेको छ । बुधबार राति भएको समूह चरणको खेलमा क्रोएशियालाई २–१ गोलले हराउँदै फ्रान्सले तेस्रो जित निकालेको हो ।

क्रोएशियाको मैदानमा भएको खेलमा फ्रान्सलाई जिताउन एन्टोइन ग्रिजम्यान र किलियन एम्बाप्पेले समान १–१ गोल गरे । क्रोएशियाका निकोला भ्लासिसले १ गोल फर्काए ।

खेलको आठौं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि फ्रान्सले सुरुआती अग्रता बनाएको थियो । ६४औं मिनेटमा क्रोएशियाका भ्लासिसले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए ।

७९औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ गोलले जिताए ।

जितसँगै फ्रान्सले ४ खेलबाट १० अंक बनाएको छ । लिग ‘ए’को समूह ३ मा फ्रान्स दोस्रो स्थानमा छ । समान १० अंक भएको पोर्चुगल गोलान्तरको आधारमा फ्रान्सभन्दा अगाडि छ ।

पराजित क्रोएशिया भने ३ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ