Rumpum Advertisement

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

Neuro Ad
पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

विराटनगर, २९ असोज । स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई अस्पताल भर्ना गरिएको छ ।

एक्कासि रक्तचाप बढेपछि उनलाई बुधबार साँझ धुम्रबराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । खनालका स्वकीय सचिव कृष्ण भट्टराईलाई उदृढ गर्दै केन्द्रीय सदस्य रिजालले भने, “पूर्व प्रधानमन्त्री खनाललाई साँझ अस्पताल भर्ना गरिएको हो । चिकित्सकले स्वास्थ्य अवस्था सामान्य छ भनेका छन् ।”

उनका अनुसार रक्तचापबाहेक खनालमा अरु कुनै समस्या देखिएको छैन । रक्तचाप सामान्य अवस्थामा फर्किएपछि उनी डिस्चार्ज हुनेछन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ