Rumpum Advertisement

रोनाल्डोविनाको पोर्चुगलले स्वीडेनलाई हरायो

Neuro Revised Adv
Koshi Dashain ad
रोनाल्डोविनाको पोर्चुगलले स्वीडेनलाई हरायो

विराटनगर, २९ असोज । यूइएफए नेशन्स लिगमा साविकको विजेता पोर्चुगलले स्वीडेनलाई हराएको छ । बुधबार राति भएको समूह चरणको खेलअन्तर्गत पोर्चुगलले स्वीडेनलाई ३–० गोलले हराएको हो ।

पोर्चुगलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन डिएगो जोटाले दुई गोल गर्दा बर्नान्डो सिल्भाले एक गोल गरे । सिल्भाले खेलको २१औं मिनेटमा गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता बनाएका थिए ।

खेलको ४४औं मिनेटमा सिल्भाले गोल गर्दै पहिलो हाफभरि पोर्चुगललाई २–० गोलको अग्रता दिलाए । ७२औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगल ३–० गोलले विजयी भयो ।

जितसँगै पोर्चुगलले ४ खेलबाट १० अंक बनाएको छ । लिग ‘ए’को समूह ३ मा पोर्चुगल शीर्ष स्थानमा छ । यता, अंकविहीन स्वीडेन सो समूहको चौथो स्थानमा छ ।

स्वीडेनसँगकाे खेलमा क्रिस्टियानाे रोनाल्डोले खेलेनन् । कोरोना भाइरस संक्रमणका कारण रोनाल्डो होम आइसोलेशनमा रहेका छन् ।

प्रतिक्रिया

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ