Rumpum Advertisement

नारायणकाजीलाई बाबुरामको जवाफ : जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊ

Neuro Revised Adv
Koshi Dashain ad
नारायणकाजीलाई बाबुरामको जवाफ : जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊ

विराटनगर, २८ असोज । समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जवाफ दिएका छन् ।

बूढीगण्डकी आयोजनाबारे दिएको अभिव्यक्तिको प्रमाण पेश गर्न चुनौती दिएपछि भट्टराईले श्रेष्ठलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत जवाफ फर्काएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता श्रेष्ठले विज्ञप्ति जारी गर्दै बूढीगण्डकी जलविद्युत् परियोजना कमिशनका कारण अलपत्र पारेको र त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालसमेतको संलग्नता रहेको भन्ने प्रमाण पेश गर्न माग गरेका छन् ।

केही दिनअघि गृहजिल्ला गोरखामा भट्टराईले प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताएका थिए ।

यस्तै उनले बुढीगण्डकी जलविद्युत आयोजनामा घुस लिएको भनी डा. बाबुराम भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको बताएका छन् ।

ट्वीटरमा जवाफ दिँदै भट्टराईले बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न प्रस्ताव गरेका छन् । उनले सो कार्यका लागि पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार रहेको बताएका छन् ।

श्रेष्ठले जारी गरेको विज्ञप्ति राखेर उनले भनेका छन्, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊ ।’

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ