Rumpum Advertisement

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक दसैं-तिहारपछि

Neuro Revised Adv
Koshi Dashain ad
नेपाली कांग्रेस केन्द्रीय समिति बैठक दसैं-तिहारपछि

काठमाडाैं, २८ असाेज । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक दसैं-तिहारपछि बस्ने भएको छ । यसअघि दुई पटक मिति तय भएर स्थगित भएको बैठक दसैं-तिहारपछि मात्रै बस्ने भएको हो ।

कोरोनाको संक्रमण बढेको र धेरै जना एकैपटक भेला भएर छलफल गर्न सक्ने अवस्था नभएका कारण दसैंअघि बैठक नबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

सम्भव भए कोजाग्रत पूर्णिमाको केही दिन पछाडि सबैको पीसीआर परीक्षण गरी बैठक सञ्चालन गर्ने विषयमा पदाधिकारीबीच छलफल चलिरहेको उनले बताए ।

दसैं र तिहारको बीचमा बैठक बस्न नसके तिहारपछि पनि बस्ने शर्माले बताए ।

विशेषगरी महाधिवेशनको सन्दर्भमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो ।

पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले लिखित रुपमा पेश गरेको असन्तुष्टिका विषयमा पनि बैठकमा छलफल गर्ने एजेण्डा रहेको थियो ।

प्रवक्ता शर्माले फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि अब बस्ने बैठकमा छलफल हुने बताए ।

फागुनमा महाधिवेशन सम्पन्न नभए जेठमा गर्ने गरी तयारी गरिने उनले बताए ।

यसअघि पहिलो पटक असोज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रीय सदस्यहरूमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो ।

दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भए पनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ