Rumpum Advertisement

अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई, इश्वर पोखरेलको जिम्मेवारी खोसियो

Neuro Revised Adv
Koshi Dashain ad
अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई, इश्वर पोखरेलको जिम्मेवारी खोसियो

विराटनगर, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् ।

बुधबार मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका ओलीले पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफू मातहत राखेका छन् ।

त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पार्वत गुरुङ, शहरी विकास मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठ नियुक्त भएको छन् ।

नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण भोलि हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ