Rumpum Advertisement

विराटनगरमा १०९ सहित प्रदेशमा ४४५ संक्रमित थपिए

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा १०९ सहित प्रदेशमा ४४५ संक्रमित थपिए

विराटनगर, २८ असोज । प्रदेश १ मा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १९७, मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार विराटनगरमा १०९, सुन्दरहरैंचामा ३२, रंगेलीमा १६, पथरीशनिश्चरेमा ९, सुनवर्षीमा ६, बुढीगंगामा ४, बेलबारी र जहदामा २–२, कानेपोखरी, रतुवामाई, लेटाङ र कटहरी, ग्रामथानमा १–१ जनााम संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ११४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ६५ पुरुष छन् ।

सुनसरीकै इनरुवामा ४८, इटहरीमा १९, दुहवीमा ८, बराहक्षेत्र र बर्जुमा २–२, रामधुनी र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको भद्रपुरमा १३, दमकमा १०, मेचीनगरमा ७, विर्तामोडमा ५, बुद्धशान्ति र कनकाईमा ३–३ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उदयपुरको चौदण्डीगढी र बेलकामा ३–३, धनकुटाको शहिदभूमी र इलामको सुर्योदयमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ हजार ६१५ पुगेको छ ।

प्रदेश १ मा आज १४२ जना डिस्चार्ज भएका छन् । होम आइसोलेशनबाट १३६, मेची अस्पतालबाट ४ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार १५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ