Rumpum Advertisement

क्लिनफिड कात्तिक ७ भित्र लागू गर्न मन्त्रालयको निर्देशन

Neuro Ad
क्लिनफिड कात्तिक ७ भित्र लागू गर्न मन्त्रालयको निर्देशन

काठमाडौं, २८ असोज । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन नियमन गर्ने ऐनले गरेको व्यबस्थाअनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानलहरूले कात्तिक ७ गतेभित्र विज्ञापनरहित, क्लिनफिड प्रसारण गर्न गराउन सम्बन्धित संघ संस्थालाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव गोकर्णमणी दवाडीले बुधबार एक विज्ञप्ति जारी गरी ऐन प्रारम्भ हुँदाको समयमा विदेशी च्यानलसँग डाउनलिङ गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले ऐन प्रारम्भ भएको एक वर्षभित्र अर्थात् कात्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिनफिड प्रसारण गर्नुपर्ने कानूनी व्यवस्था स्मरण गराएका छन् ।

ऐनले नै क्लिनफिड प्रसारणका लागि एक वर्षको तयारी अवधिको व्यबस्था गरेकोले तोकिएको अवधिभित्र क्लिनफिड प्रसारण गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रसारण संघ संस्थाहरूलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ