Rumpum Advertisement

पर्याप्त नसुत्दा उठ्छ रिस

Neuro Revised Adv
Koshi Dashain ad
पर्याप्त नसुत्दा उठ्छ रिस

विराटनगर, २८ असोज । समय समयमा रिस उठ्नुलाई सामान्य मानिन्छ । रिस एक भावना हो जुन असहमति, अन्याय, जोखिम वा अन्य धेरै कुराको प्रतिक्रियामा व्यक्त हुन सक्छ ।

लन्डनको संज्ञानात्मक न्यूरोसाइन्स संस्थानका डा. आरजेआर ब्लेयरका अनुसार रिस भनेको आफैंलाई वा अर्कोलाई जोखिममा पार्ने प्रतिक्रिया हो । रिस निराशाको पनि प्रतिक्रिया हो । तर, रिस उठ्नुका पछाडि अन्य कारक पनि हुन सक्छन् ।

स्लीप नामक जर्नलमा प्रकाशित अध्ययनमा वैज्ञानिकको टोलीले अपर्याप्त निन्द्राले रिस बढाउनसक्ने पत्ता लगाएका छन् ।

अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनका वैज्ञानिकले एक सय ४७ व्यक्ति समूहमा विभाजन गरी केहीलाई नियमित निन्द्रा चक्र कायम राख्न, र अन्यमा दुई रातका लागि निन्द्राको समय पाँच घण्टा घटाउन भनिएको थियो ।

दुई दिनपछि सहभागीलाई रिस उठ्ने आवाज सुनाइएको थियो ।

अध्ययनको नतिजाले देखाएअनुसार निन्द्रा नपाएका व्यक्तिको तुलनामा पर्याप्त निन्द्रा पाएका व्यक्ति आवाजलाई स्वीकार गर्न सक्षम थिए र कम रिस रिपोर्ट गरे ।

रिस उठ्ने आवाज सुनेपछि निन्द्राको समय घटाएका समूहले धेरै रिस बढेको महशूस गरेको बताइएको छ ।

निन्द्राको अभावले निराशाजनक परिस्थितिमा अनुकूलन हुने क्षमतालाई कमजोर बनाइ परिणामस्वरूप रिसलाई बढाउने अध्ययनको निष्कर्ष रहेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ