Rumpum Advertisement

कोरोना संक्रमण हुँदा पनि खेल्न चाहन्छन् रोनाल्डो

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना संक्रमण हुँदा पनि खेल्न चाहन्छन् रोनाल्डो

विराटनगर, २८ असोज । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमण भइ होम आइसोलेशनमा छन् । यूईएफए नेशन्स लिगका लागि पोर्चुगलको टिममा रहेका ३५ वर्षीय रोनाल्डोलाई मंगलबार कोरोना पुष्टि भएको थियो ।

हिजाे साँझ पोर्चुगलको क्याम्पमा परीक्षण गर्दा उनलाई मात्र संक्रमण पुष्टि भयो । अरु सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोना संक्रमण भएपछि उनी पोर्चुगलको टोलीबाट बाहिर छन् । पोर्चुगलले भने आज राति नेपाली समयानुसार राति १२ः३० बजे स्वीडेनसँग खेल्दैछ । पोर्चुगलको मैदानमा हुने यस खेलमा रोनाल्डो हुने छैनन् ।

तर, उनले भने कोरोना संक्रमण भएका बेला पनि खेल्ने इच्छा देखाएका छन् । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसले कोरोना संक्रमण हुँदा पनि रोनाल्डोको खेल्ने चाहना रहेको सुनाएका छन् ।

कोभिडका कारण रोनाल्डो निराश भएको बताउँदै सान्टोसले उनलाई कुनै लक्षण नभएको र चाँडै ठीक हुने जनाए ।

‘टोलीले विश्वकै उत्कृष्ट खेलाडी रोनाल्डोविना राम्रो प्रदर्शन गर्न सक्दैन’, पत्रकार सम्मेलनका क्रममा सान्टोसले भने, ‘ उनले आफ्नो अवस्थाको व्यवस्थापन सहजै गर्छन् । उनी हाल कोठामा छन् र आफ्नो खेल्ने चाहना रहेको बताउँदैछन् । उनले घरको बाल्कोनीबाट यो कुरा मलाई सुनाएका थिए ।’

‘उनमा कुनै लक्षण छैन, अवस्था ठीक छ । के भएको भन्ने कुरा उनी आफैंलाई थाहा छैन । कोही खेलाडी कोरोनाका कारण उपस्थित नहुनु ठूलो क्षति हो र रोनाल्डोको अनुपस्थिति अझ ठूलो क्षति हो । तर, म अरु खेलाडीप्रति पनि विश्वस्त छु,’ उनले भने ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ