Rumpum Advertisement

दक्षिण एशियाली देशमध्ये नेपालमा सक्रिय संक्रमितको दर उच्च

Neuro Revised Adv
Koshi Dashain ad
दक्षिण एशियाली देशमध्ये नेपालमा सक्रिय संक्रमितको दर उच्च

विराटनगर, २८ असोज । कोभिड १९ नेपालमा तीव्ररुपमा फैलिरहेको बेलामा कोरोना भाइरस संक्रमितको कुल संख्याका आधारमा नेपाल दक्षिण एशियामा चौथो स्थानमा छ ।

वल्र्डोमिटरका अनुसार हाल विश्वको कोरोना प्रभावित मुलुकको सुचीमा नेपालले ३८ नम्बरमा पुगेको छ । साथै, नेपाल एशियाली मुलुकमा १२ नम्बर र दक्षिण एशियाका राष्ट्रमध्ये चौथो धेरै संक्रमित भएको देश बनेको छ । सक्रिय संक्रमितको प्रतिशतका आधारमा नेपालले दक्षिण एशियामा पहिलो र विश्वको अतिप्रभावित देशमध्ये दोस्रो स्थानमा रहेको भारतलाई पनि उछिनेको छ ।

नेपालमा हालसम्म ३५ हजार ९ सयभन्दा केही बढी सक्रिय संक्रमित छन् । यो कुल संक्रमितको झन्डै ३१.१३ प्रतिशत हो । दक्षिण एसियाका राष्ट्रमध्ये ७१ लाख ४१ हजार बढी संक्रमितसँगै पहिलो नम्बरमा भारत रहेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ८ लाख २८ हजार ९ सय २५ रहेको छ जुन ११.४४ प्रतिशत हो ।

दोस्रोमा बंगलादेश (३ लाख ८१ हजार बढी संक्रमित) र तेस्रोमा पाकिस्तान (३ लाख २० हजार बढी संक्रमित) रहेका छन् । त्यस्तै, पाचौँ, छैठौँ, सातौँ र आठौँ स्थानमा क्रमश ३९ हजार बढी संक्रमितसहित अफगानिस्तान, १० हजार संक्रमितसहित माल्लिभ्स, ५ हजार संक्रमितसहित श्रीलंका र ३ सय संक्रमितसहित भुटान रहेका छन् ।

सक्रिय संक्रमितको दर बंगलादेशमा २०.९ प्रतिशत, पाकिस्तानमा २.७ प्रतिशत, अफगानिस्तानमा १२.९, माल्दिभ्समा १०.२३, श्रीलंकामा ३३.६८ र भुटानमा ६.३८ प्रतिशत रहेको छ । दक्षिण एशियाका राष्ट्रमध्ये श्रीलंकापछि नेपाल दोस्रो धेरै सक्रिय संक्रमित भएको देश हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । जसमध्ये ७८ हजार ७ सय ८० जना संक्रमणमुक्त भइसकेका छन् भने ६ सय ६३ जनाको मृत्यु भएको छ ।