Rumpum Advertisement

नेशन्स लिग : फ्रान्स र क्रोएशिया प्रतिस्पर्धामा

Neuro Revised Adv
Koshi Dashain ad
नेशन्स लिग : फ्रान्स र क्रोएशिया प्रतिस्पर्धामा

विराटनगर, २८ असोज । यूईएफए नेशन्स लिगमा आज फ्रान्सले क्रोएशियासँग खेल्दैछ । समूह चरणको उक्त खेल नेपाली समयानुसार राति १२ः३० बजेबाट सुरु हुँदैछ ।

क्रोएशियाको मैदानमा हुने साे खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्ने दाउमा हुनेछन् । फ्रान्स तेस्रो जितको खोजीमा हुनेछ भने क्रोएशिया दोस्रो जितको खोजीमा छ ।

लिग ‘ए’ समूह ३ मा रहेका यी दुवै टोलीले समान ३ खेल खेल्दा ७ अंकसहित फ्रान्स दोस्रो तथा क्रोएशिया ३ अंकसहित तेस्रो स्थानमा छ ।

त्यसबाहेक यसै समूहका पोर्चुगल र स्वीडेन प्रतिस्पर्धामा छन् । यी दुईबीचको खेल पनि राति १२ः३० बजे पोर्चुगलको मैदानमा हुनेछन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ