Rumpum Advertisement

सेन्ट्रल बजारमा दशैं अफर : ९९९ माथिको सामान खरिद गर्दा आकर्षक छुट

Neuro Revised Adv
Koshi Dashain ad
सेन्ट्रल बजारमा दशैं अफर : ९९९ माथिको सामान खरिद गर्दा आकर्षक छुट

विराटनगर, २८ असोज । विराटनगरको सेन्ट्रल बजारले दशैंलक्षित अफर ल्याएको छ । ९ सय ९९ रुपैयाँभन्दा माथिको खरिदमा आकर्षक छुटको योजना ल्याएको हो ।

दसैं, तिहार तथा छठ पर्वको अवसरमा १ कार्तिकदेखि ९ सय ९९ भन्दा माथिको खरिदमा आकर्षक छुट दिने सेन्ट्रल बजारको व्यवस्थापक गिरिश राठीले जानकारी दिए ।

गार्मेन्ट, जुत्ता, झोला र घडी किन्दा दश प्रतिशत क्यास भौचरको सुविधा रहेको उनले बताए । उनका अनुसार बच्चाका खेलौनामा पनि दश प्रतिशत छुट पाइने छ ।

चिनी, चना, नुन, सनफ्लावर तेल, घैला तोरीको तेल, विकाजी भुजियालगायत खाद्यान्न सामग्री पनि सस्तोमा पाइने उनले बताए ।

विराटनगर बजारमा चिनीको मूल्य ७० रुपैयाँभन्दा बढी छ । चाडपर्व लक्षित योजना ल्याएको सेन्ट्रल बजारले चिनी प्रतिकिलो ५९ रुपैयाँमा बिक्री गर्ने जनाएको छ । दशै तिहार अफर योजनामा नुन १५, चना ९८ रुपैयाँ प्रतिकिलो पाइने बताइएको छ ।

बाबा सनफ्लावर तेल एक लिटरको १५९, घैला तोरीको तेल १९९ र भुजिनया ९०० ग्रामको २७५ रुपैयाँमा पाइने छ । डीडीसीको घ्यू प्रतिकिलो ८४९ र मुसुरीको दाल ११० प्रतिकिलो पर्ने राठीले जानकारी दिए । दैनिक उपभोग्य बस्तु आलु र प्याज पनि न्यूनतम मूल्यमा बिक्री गर्ने बजारले जनाएको छ ।

चाड पर्वलक्षित अफर कात्तिक १ गतेदेखि मंसिर १० गतेसम्म लागू हुने जनाएको छ ।