Rumpum Advertisement

‘दसैँ तिहार’मा आर्यन र आँचल (भिडियोसहित)

Neuro Revised Adv
Koshi Dashain ad
‘दसैँ तिहार’मा आर्यन र आँचल (भिडियोसहित)

विराटनगर, २८ असोज । नजिकिँदै आएको नेपालीहरूको महान चाड दसैँ र तिहारलाई लक्षित गरेर ‘दसैँ तिहार’ बोलको गीत सार्वजनिक भएको छ ।

सुजन तिगेला लिम्बू र मेलिना राईको स्वर रहेको गीतलाई गायक सुजनकै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । गायक सुजनकै शब्द तथा संगीत रहेको गीतमा चर्चित कलाकार आर्यन सिग्देल र आँचल शर्माको प्रस्तुति रहेको छ । यी दुईसँगै भिडियोमा रेविका गुरुङ, क्षितिज सुवेदी र सुजनको पनि अभिनय रहेको छ ।

सार्वजनिक गीतमा गाउँघरको दसैँ र तिहारको माहोल देख्न सकिन्छ । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । मिलन चाम्सको निर्देशनमा तयार भएको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, सुदीप बरालको छायांकन र सन्देश शाहको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ