Rumpum Advertisement

काठमाडौं उपत्यकामा आज १४ सय ३ संक्रमित थपिए

Neuro Revised Adv
Koshi Dashain ad
काठमाडौं उपत्यकामा आज १४ सय ३ संक्रमित थपिए

काठमाडौं, २८ असोज । काठमाडौं उपत्यकामा बुधबार थप १४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय ३ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौंमा ९४६ जना, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जना नयाँ संक्रमित भेटिएको गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ९४७ जनाको परीक्षणमा थप २६ सय ३८ जनामा कोरोना संक्रमण भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

बुधबार थप २१ सय ७४ संक्रमित निको भएसँगै कोरोनामुक्त हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ६८.६ प्रतिशतले कोरोना जितेका हुन् ।

बुधबार थप १२ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ