Rumpum Advertisement

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुग्यो

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुग्यो

विराटनगर, २८ असोज । नेपालमा बुधबार थप १२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज थप १२ जनाले कोरोनाबाट ज्यान गुमाएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ९४७ जनाको परीक्षणमा थप २६ सय ३८ जनामा कोरोना संक्रमण भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

बुधबार थप २१ सय ७४ संक्रमित निको भएसँगै कोरोनामुक्त हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ६८.६ प्रतिशतले कोरोना जितेका हुन् ।