Rumpum Advertisement

बुधबार २६ सय ३८ संक्रमित थपिए

Neuro Revised Adv
Koshi Dashain ad
बुधबार २६ सय ३८ संक्रमित थपिए

विराटनगर, २८ असोज । नेपालमा बुधबार थप २६ सय ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ९४७ जनाको परीक्षणमा थप २६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

बुधबार थप २१ सय ७४ संक्रमित निको भएसँगै कोरोनामुक्त हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ६८.६ प्रतिशतले कोरोना जितेका हुन् ।

बुधबार थप १२ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ