Rumpum Advertisement

कोरोना संक्रमणमुक्त हुनेको संख्या ८० हजार नाघ्यो

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना संक्रमणमुक्त हुनेको संख्या ८० हजार नाघ्यो

विराटनगर, २८ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुनेको संख्या ८० हजार नाघेकाे छ ।

बुधबार थप २१ सय ७४ संक्रमित निको भएसँगै कोरोनामुक्त हुनेको संख्या ८० हजार ९५४ पुगेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ६८.६ प्रतिशतले कोरोना जितेका हुन् ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ९४७ जनाको परीक्षणमा थप २६ सय ३८ जनामा कोरोना संक्रमण भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

बुधबार थप १२ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ