Rumpum Advertisement

नेयमारले रोनाल्डोलाई पछि पारे

Neuro Revised Adv
Koshi Dashain ad
नेयमारले रोनाल्डोलाई पछि पारे

विराटनगर, २८ असोज । नेयमार ब्राजिलका लागि सर्वाधिक धेरै गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । सन् २०२२ मा हुने फिफा विश्वकपको छनौट खेलमा ह्याट्रिक गरेका नेयमारले रोनाल्डो नाजारियोलाई उछिनेका हुन् ।

विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत बुधबार बिहान भएको खेलमा पेरुमाथि ४–२ गोलको जित दर्ता गर्दै ब्राजिलले दोस्रो जित दर्ता गरेको थियो । पेरुको मैदानमा ब्राजिललाई जिताउन नेयमारले ह्याट्रिक गोल गरे भने रिचार्लिसनले एक गोल गरे ।

दुई गोल पेनाल्टीमा र एक गोल खेलको इन्ज्युरी समयमा गरेका नेयमारले ब्राजिलियन लिजेन्ड रोनाल्डोलाई दुई गोलले उछिनेका हुन् ।

रोनाल्डोले ब्राजिलका लागि ९८ खेलबाट ६२ गोल गरेका छन् भने नेयमारले १०३ खेलमा ६४ गोल गरेका छन् । ब्राजिलका सर्वाधिक गोलकर्ता भने पेले हुन् । उनले ९२ खेलमा ब्राजिलका लागि ७७ गोल गरेका छन् ।

पेरुलाई हराएसँगै ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ । यसअघि ब्राजिलले बोलिभियामाथि ५–० गोलको शानदार जित निकालेको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ